Rule 185B
पीरमर्का, गुनासो सुनुवाई सम्बन्धी व्यवस्था
(१) ऐन, यस नियमावली तथा प्रचलित कानून बमोजिम अन्यत्र उजूरी वा पुनरावेदन गर्न पाउने व्यवस्था भएकोमा वाहेक कुनै शिक्षकलाई आफ्नो सेवा, शर्त र सुविधा सम्बन्धी विषयमा मर्का परेको छ भन्ने लागेमा वा सो सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराउ“दा पनि कारबाही नभएमा निजले आफूलाई परेको पीरमर्का तथा गुनासो जिल्ला शिक्षा अधिकारी समक्ष राख्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम राखिएको पीरमर्का वा गुनासोको जिल्ला शिक्षा अधिकारीले सुनुवाई गरी त्यस्तो पीरमर्का तथा गुनासो समाधान गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको पीरमर्का तथा गुनासो जिल्ला शिक्षा अधिकारीबाट समाधान हुन नसकेमा सम्बन्धित निर्देशक समक्ष राख्न सकिनेछ ।